राजनीति


भाइटिका लगाउँदा लगाउँदै बेहोस भएका जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुरको मृत्यु

भाइटिका लगाउँदा लगाउँदै बेहोस भएका जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुरको मृत्यु

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार २०:२५, काठमाडौँ

भाइटिका लगाउँदा लगाउँदै बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्षको मृत्यु भएको छ। आज बिहीबार भाइटिका लगाउँदै गर्दा एक्कासि बेहोस भएका टानबहादुर केसीको अस्पताल लैजानेक्रममा बाटैमा निधन भएको हो।

बुटवलस्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा बेहोस भएको र उपचारका लागि बुटवल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनमोर्चाका नेता गंगालाल सापकोटाले जानकारी दिए।  

अस्तालका सूचना अधिकारी विक्रम खड्काले केसीलाई अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको जानकारी दिए।  

केसीको निधनप्रति नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad