राजनीति


ओलीको ६ बुँदे मार्गचित्र- प्रतिनिधिसभा पुनर्स्थापना गरी सर्वपक्षीय सरकार, फागुन २१ मै चुनाव

ओलीको ६ बुँदे मार्गचित्र- प्रतिनिधिसभा पुनर्स्थापना गरी सर्वपक्षीय सरकार, फागुन २१ मै चुनाव

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार २१:१३, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संकटको समाधानका लागि भन्दै ६ बुँदे मार्गचित्र अघि सारेका छन्। 

ओलीले ‘असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना’ लाई पहिलो सर्त बनाएका छन्।

यस्तै, उनले प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था गर्न र जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग अघि सारेका छन्। 

यो अवस्थामा उनले फागुन २१ गते नै निर्वाचन हुनसक्ने पनि औँल्याएका छन्।

एमालेका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार उनीसहित एमाले कार्यकर्ताहरूको एक टोलीसँग ओलीले मंगलबार आफ्नो रोडम्याप यसरी खुलाएका हुन्।

ओलीले आफूलाई जेनजी आन्दोलनका नाममा हटाइए पनि ‘थप तिक्तता बढ्न नदिन पुनः प्रधानमन्त्रीको दाबी नगर्ने’ पनि स्पष्ट पारेका छन्।

यस्तो छ ओलीको मार्गचित्र
१) असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना।
२) प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था।
३) जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दाबी नगरिने स्पष्ट।
४) जेन–जीसहितको सहभागितामा सर्वदलीय र सर्वपक्षीय सरकार गठन।
५) उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन। त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव।
६) संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad