राजनीति


बालेन्द्र प्रधानमन्त्री बनेकोमा प्रचण्डले गरे गर्व

बालेन्द्र प्रधानमन्त्री बनेकोमा प्रचण्डले गरे गर्व

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १५:३१, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री प्रचण्डले बालेन्द्र शाह प्रधानमन्त्री बनेकोमा गर्व लागेको बताएका छन्। माओवादी जनयुद्ध स्मरण गर्दै आदिबासी, जनजाति र विछडिएको वर्ग जो संसदमा प्रवेश गरे पनि आफूलाई खुशी लाग्ने बताए।

‘सामन्तवादविरुद्ध हामीले बन्दूक उठाएर ढोका नखोलेको भए कहाँबाट यहाँ उत्पीडित समुदायका दलित, महिला, जनजाति, आदि आदि प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो’, उनले भने। बालेन्द्र शाहको उदयलाई उनले आफूहरुले गरेको क्रान्तिको संकल्पको जितको रुपमा व्याख्या गरे।

‘हामीले शान्ति प्रक्रियापछि काठमाडौंका भित्ताहरुमा मधेसी हुनुको गर्व स्थापित गर्ने अभियान सञ्चालन गरेका थियौँ। मलाई लाग्छ तपाइँहरुमध्ये धेरैलाई यो कुराको स्मरण होला। काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भिक दाबी यसअघि कहिलै गरिएको थिएन। बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नु भएको छ। पार्टी फरक होला तर यो क्रान्तिकै उपलब्धि हो।’

रोष्टममा उभिएर सम्बोधन गर्दै उनले एक्लो पूर्वप्रधानमन्त्री विजयी भएर संसदमा आइपुगेकोमा उनले गर्व र जिम्मेवार दुवै अनुभूत गरिरहेको बताए। ‘पूर्व प्रधानमन्त्री समेतको हैसियतमा बोल्न समय दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। जेनजी आन्दोलनपछिको नयाँ र केही असाधारण परिस्थितिमा सम्पन्न निर्वाचनबाट पूर्व प्रधानमन्त्रीहरुमध्ये म एक्लै निर्वाचित भएर आज यो प्रतिनिधिसभा बैठकको रोष्टममा उभिँदा केही असहज, केही गर्वसहित चुनौतीपूर्ण जिम्मेवारीको मैले महसुस गरेको छु,' उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad