समाज


नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृत्यु, आधाभन्दा बढी युवा

नौ महिनामा गाडी दुर्घटनामा १७४ जनाको मृत्यु, आधाभन्दा बढी युवा

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १२:१५, काठमाडौँ

गाडी दुर्घटनामा परेर पछिल्लो नौ महिनामा १७४ जनाको मृत्यु भएको छ भने आधाभन्दा बढी युवा रहेका छन्। 

आइतबार ट्राफिक प्रहरीले पछिल्लो नौ महिनामा भएका दुर्घटनाबारे जानकारी दिएको छ। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म चार हजार ६३१ दुर्घटना भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले बताए। 

दुर्घटनामा १७४ जनाको मृत्यु भएको छ भने ९३ जना युवा छन्। त्यसमा पनि १७ वर्षमूनिका सात जना छन् भने १६ देखि ३५ वर्षसम्मका ८६ जना छन्। त्यस्तै, ३६ वर्षभन्दा माथिका ८१ जनाको ज्यान गएको एसपी सुवेदीले जानकारी दिए। 

दुर्घटनामा मृत्यु हुनेमध्ये १३८ पुरुष र ३३ महिला छन्। त्यस्तै, एक बालक र दुई बालिकाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ। 

यसैगरी, दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका चार हजार ९२७ जना सामान्य घाइते रहेको ट्राफिक प्रहरीले जनाएको छ। 

विशेष गरेर तीव्र गति, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ। यससँगै गाडी चलाउँदा मोबाइल फोनको प्रयोग लगायत पनि दुर्घटनाका कारण बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad