ad ad

खेल


मेस्सीको नाम सुनेर दर्शकतिर अभद्र इसारा गरेपछि रोनाल्डोलाई एक खेल प्रतिबन्ध

मेस्सीको नाम सुनेर दर्शकतिर अभद्र इसारा गरेपछि रोनाल्डोलाई एक खेल प्रतिबन्ध

नेपालखबर
फागुन १७, २०८० बिहिबार २०:४२,

साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोलाई एक खेलका लागि निलम्बन गरिएको छ। खेलका क्रममा उनले दर्शकपट्टि फर्केर अभद्र इसारा गरेको बताइएको छ।

अल नासरले अलब सबाबलाई ३–२ गोल अन्तरलाई आइतबार पराजित गरेको थियो। त्यसपछि उनले अल सबाबका प्रशंसकपट्टि फर्केर भद्दा इसारा गरेका थिए।

पृष्ठभूमिमा दर्शकहरुले मेस्सीमेस्सी भन्दै हुटिङ गरेको सुन्न सकिन्छ। 

साउदी फुटबल फेडरेसनको अनुशासन समितिले बिहीबार बिहान एक खेल प्रतिबन्धको घोषणा गरेको हो।

अल नासरले बिहीबार साँझ अल हाजेमसँग खेल्दैछ।

रोनाल्डोले २० हजार रियाल जरिवाना पनि तिर्नुपर्ने छ। 

यो निर्णयविरुद्ध उनले अपिल पनि गर्न पाउने छैनन्। 

अघिल्लो वर्ष प्रशंसकहरुले मेस्सीको नाम चिच्याउँदै रोनाल्डोले आफ्नो गुप्तांग समाउँदै गरेको दृश्य भाइरल भएको थियो। त्यसबेला उनी घाइते भएको भन्दै क्लबले उनको बचाउ गरेको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .