ad ad

खेल


वर्षाले रद्द भयो नेपाल र हङकङबीचको खेल

वर्षाले रद्द भयो नेपाल र हङकङबीचको खेल

नेपालखबर
फागुन २७, २०८० आइतबार १७:१३, काठमाडौँ

नेपाल र हङकङबीच टी २० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। 

पानीले खेल रद्द भएसँगै नेपाल र हङकङले तालिकामा एक-एक अंक जोडेका छन्। 

पटक पटक पानीले रोकिएर बीचमा खेलाइएको खेल सुरु भएको खेल ८ ओभर सकिएपछि अवरुद्ध भएको थियो। 

त्यसबेलासम्म टस जितेर फिल्डिङ रोजेको नेपालले ८ ओभर सकिँदा दुई विकेट झारेको थियो। 

नेपालका लाग करण केसी र गुल्सन झाले १–१ विकेट लिएका थिए। हङकङले ८ ओभर सकिँदा २ विकेट गुमाएर ६५ रन बनाएको थियो। 

हङकङको इनिङ्समा ओपनर मार्टिन कोत्जेई शून्यमै डकआउट भएका थिए। उनलाई करन केसीले गुलशन झाको हातबाट क्याच आउट गराएका थिए।

कप्तान निजाकत खानलाई २५ रनमा गुलसन झाले बोल्ड गरेका थिए। अंशु रथ ३६ रनमा खेल्दै गर्दा लगातार पानी परेको थियो। बाबर हयात ३ रनमा क्रिजमा थिए। 

हङकङमा त्रिकोणात्मक टी-२० सिरिज खेल्न गएको नेपालले मंगलबार पपुवान न्यूगिनीसँग खेल्ने तालिका छ। 

यसअघि हङकङको घरेलु टोलीसँगको पहिलो मैत्री खेलमा नेपालले हार भोगेको थियो। विश्वकप क्रिकेटका लागि तयार नेपाल टी-२० सिरिज खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .