नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा अहिले कर्णाली याक्स र चितवन राइनोज भिडिरहेका छन्।
यो फोटो फिचर राख्दासम्म चितवनले पावरप्लेमै तीन विकेट गुमाएको छ।
कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले ६ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ४७ रन बनाएको छ।
चितवनले कर्णालीविरुद्ध दुबै ओपनरलाई गुमाएको हो। ओपनरद्वय हसन इसाखिल १ र विपिन रावल १८ रन बनाउँदा सोमपाल कामीको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए।
लुक वेनकेनस्टाइन १६ रन बनाउँदा जिसन मक्सुदको बलमा बोल्ड आउट भए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेको हो।
यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुगी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न पाउँछ भने हार्ने टिम प्लेअफबाटै बाहिरिनेछ।
आजै दिउँसो १ बजे पहिलो क्वालिफायर्स खेल हुँदै छ।
जसमा शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्स भिड्दै छन्।
यसमा विजयी टोली सिधै फाइनलमा पुग्नेछ भने हार्ने टिमले फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ।
दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्।
बिहीबार हुने यस खेलमा विजयी फाइनलमा प्रवेश गर्नेछ।
फाइनल खेल शनिबार हुनेछ।
पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ।
यो पुरस्कार रकम नेपाली खेलकुदमा अहिलेसम्मको सर्वाधिक पुरस्कार राशि हो।
एनपीएलको उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ।
तेस्रो हुने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पाउने नेपाल क्रिक्रेट संघ (क्यान) ले जनाएको छ।
यी तस्बिरमा हेर्नुहोस् एलिमिनेटरमा जारी कर्णाली र चितवनको भिडन्त-


























Shares

प्रतिक्रिया