कर्णाली याक्सका अलराउन्डर मार्क वाटले अद्भूत समर्थकका माझ करियरको पहिलो शतक विशेष रहेको बताएका छन्।
लुम्बिनी लायन्समाथि जित निकाल्दा शतक प्रहार गरेका मार्कले नेपाली समर्थकमाझ पाएको यो सफलता विशेष रहेको बताएका हुन्। साथै उनले यो शतक आफ्नो टोली कर्णालीलाई समर्पित गर्ने पनि गरे।
उनले ओपनिङ गर्न पाउनु आफ्नो लागि महत्त्वपूर्ण अवसर रहेको उल्लेख गर्दै यसमा सदुपयोग गर्न पाउँदा खुशी व्यक्त गरे। शतक पूरा गर्ने क्रममा नर्भस नाइन्टिज भएको उनले उल्लेख गरे।
साथै मार्कले युवा स्पिनर युवराज खत्री र विपिन शर्माले राम्रो बलिङ गरेको भन्दै प्रशंसा गरे।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई नौ विकेटले पराजित गरेको थियो। कर्णालीको यो पहिलो जित हो।
177
Shares

प्रतिक्रिया