राष्ट्रिय टोलीका खेलाडी भीम सार्कीले ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन्।
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पाँच रन बनाएसँगै भीमले ओडीआईमा हजार रन पूरा गरेका हुन्। उनले यो आँकडा ३८ खेलमा पूरा गरे।
भीमले क्यानडाविरुद्धको खेलमा सर्वाधिक १०१ रन बनाएका थिए। सन् २०२२ मा पपुवा न्यु गिनीविरुद्ध उनले ओडीआईमा डेब्यु गरेका थिए।
66
Shares

प्रतिक्रिया