कारोबार


यतीको दुर्घटनामा परेको जहाजले साढे १५ वर्षअघि गरेको थियो पहिलो उडान

यतीको दुर्घटनामा परेको जहाजले साढे १५ वर्षअघि गरेको थियो पहिलो उडान

यतीको दुर्घटनामा परेको जहाज (फाइल तस्बिर)


नेपालखबर
माघ १, २०७९ आइतबार १४:१७, काठमाडौँ

पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको जहाजले साढे १५ वर्षअघि पहिलो उडान गरेको खुलेको छ।

जहाजबारे जानकारी दिने एयरफ्लिट्स डटनेट र प्लेनस्पटर्स डटनेटका अनुसार यतीको  ९एन-एएनसी जहाजले सन् २००७ अगस्ट १७ मा पहिलो उडान गरेको हो। 

विमान सुरुमा २००७ देखि भारतको किङफिसर एयरलाइन्सले चलाएको थियो। किङफिसरले २०१२ सेप्टेम्बरसम्म चलाएको थियो। 

त्यसपछि सन् २०१३ अप्रिलदेखि थाइल्यान्डको नोक एयरले चलाएको पाइएको छ। २०१८ अगस्टसम्म नोक एयरलाइन्सले चलाएपछि नेपालको निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले २०१९ को अप्रिलदेखि चलाउन थालेको हो।

विमानको मेनुफेक्चर्स सिरियल नम्बर ७५४ रहेको छ। यो विमान फ्रान्सेली सहर टाउलाउसमा उत्पादन भएको थियो। 

आइतबार भएको दुर्घटनामा ५३ यात्रुसहित १५ विदेशी नागरिक थिए। ४ जना क्रु मेम्बर रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमान दुर्घटनाबारे थप समाचार :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .